play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

युक्रेनबाट फिर्ता बोलाइएकी राजदूत ट्रम्पबाट ‘भयभित’

0

कार्तिक, १९।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध त्यहाँको संसदमा महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान भइरहेको छ। महाअभियोग प्रक्रियाको अनुसन्धानको केन्द्रमा रहेकी तथा प्रमुख प्रमाणको रुपमा बयान दिन सक्ने ठानिएकी एक कूटनीतिज्ञले आफू राष्ट्रपति ट्रम्पबाट भयभित भएको बताएकी छन् ।

 

ट्रम्पले आफ्ना बारेमा गरेको अस्पष्ट टिप्पणीबाट आफूले भय महसुस गरेको ती कूटनीतिज्ञले बताएकी छन् ।युक्रेनका लागि अमेरिकी राजदूत रहिसकेकी मरी योवानोविचले संसदीय समितिसँग आफूले असुरक्षित महसुस गरेको बताएकी हुन् । उनलाई अमेरिकी प्रशासनले युक्रेनबाट फिर्ता बोलाएको थियो ।युक्रेनका राष्ट्रपतिसँगको टेलिफोन संवादका क्रममा ट्रम्पले गरेको टिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताएकी छन् ।ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन संवादको क्रममा ‘वेल, सी’इज (योवानोविच) गोइङ्ग टू गो थ्रू सम थिङ्गस्’ भनेका थिए ।डेमोक्र्याटिक पार्टीको नियन्त्रण रहेको तल्लो सदनले गरेको अनुसन्धानको क्रममा विभिन्न व्यक्तिसँग गरिएको सुनुवाईको ट्रान्स्क्रिप्ट उनीहरुले सार्वजनिक गर्न थालेका छन् । सोही क्रममा योवानोविचले गम्भीर चासो व्यक्त गरेको थाहा भएको हो ।गएको जुलाई २५ मा भएको जेलेन्स्कीसँगको टेलिफोन संवादको क्रममा ट्रम्पले योवानोविचलाई ‘ब्याड न्यूज’ का रुपमा चित्रित गरेको यसअघि नै थाहा भएको थियो ।

 

अमेरिकी राष्ट्रपति ट्रम्पले पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टरमाथि भ्रष्टाचार अभियोगमा छानबिन गर्न युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको आरोप छ ।ट्रम्पले आफ्नो राजनीतिक स्वार्थका लागि आफ्ना प्रतिस्पर्धी राजनीतिज्ञको छवी धुमिल बनाउन विदेशी शक्तिको सहयोग लिन खोजेको आरोप छ ।ट्रम्पले गएको जुलाई २५ मा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई टेलिफोन गरेर पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रमष्टाचार मुद्दामा छानबिन गर्न आग्रह गरेका थिए ।

Share.

Leave A Reply