play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

बाल मनोबैज्ञानिक बिषयमा इकुले ब्ल्याक बोर्ड बनाउदै

0

चितवन,कात्तिक,८ ।
चर्चित कलाकार सुलेमान शंकर (इकु) को निर्देशनमा ब्ल्याक बोर्ड चलचित्र बन्ने भएको छ । सम्मान इन्तरटेनमेन्ट र एस एम एस फ्लिम्स्को ब्यानरमा चलचित्र बन्न लागेको आज भरतपुरमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । अर्जुन सापकोटा र सर्वाणी पाण्डेको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्र बाल मनोबैज्ञानिकका बिषयमा आधारित हुने निर्देशक सुलेमान शंकरले बताए । उनका अनुसार अभिभावकहरुले आफ्ना सन्तानहरुको हेरविचार गर्न नसक्दा सन्तानहरुको मनास्तिथीमा पर्ने असरलाई मुख्य रुपमा चलचित्रमा केन्द्रित गरिने छ । सशान कंडेल क्रियटिभ हेड रहेको फ्लिमको लेखन भने किरण माइकल घिमिरे र सुदिप आत्रेयले गर्ने छन् । सरोज खनाल, निर्मल शर्मा, सुलेमान शंकर इकु, शिशिर भण्डारी, अशु न्यौपाने, भेषराज गौतम, बालकलाकार दिक्पाल गौतम, जेनिश थपलिया र रक्षा कंडेल रहेका छन् । चलचित्रको सम्मान कंडेल, निरभिङण घिमिरे, सुरेश कंडेल र सरला पाण्डेले निर्माता गर्न लागेको चलचित्रमा प्रकाश लामा, बिशाल पौडेल, प्रियान्स कंडेल सह निर्माता रहेका छन् । चलचित्र चितवन र नवलपरासीमा छायांकन हुने छ ।

Share.

Leave A Reply