वुमन्स च्याम्पियन्स लिगमा पोखरालाई ७ विकेटले हराउँदै चितवन प्ले अफमा

0

कार्तिक २ ।
चितवन राईनोज महिला फ्रेन्चाईज क्रिकेट लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) को प्ले अफमा पुगेको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार पोखरा पल्टनलाई ७ विकेटले हराउँदै चितवन लगातार तेस्रो जितसहित प्ले अफमा पुगेको हो । पोखराले दिएको १ सय २८ रनको लक्ष्य चितवनले १८ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । चितवनको जितमा काजल श्रेष्ठले ५१ रनको अर्धशतकीय इनिङ्स खेलिन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

पोखराका लागि कप्तान सिता राना मगर अर्धशतकीय इनिङस खेलिन् । सिताले ५६ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६५ रनको अविजित पाली खेलिन । यस्तै मञ्जु बोगटीले अविजित २४ रन बनाउँदा कविता कुवरले १५ जोडिन् । पोखराका अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । चितवनका कबिता गौतम २ र रेखा रावलले १ विकेट हात पारिन् ।

Share.

Leave A Reply