play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

वुमेन च्याम्पियन्स लिगमा पोखराद्धारा चितवनसामु जितका लागि १२८ रनको मध्यम लक्ष्य

0

कार्तिक,२ ।
वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा पोखरा पल्टनले चितवन राइनोजलाई जितका लागि १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेका छ । कीर्तिपुरस्थत त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनायो । पोखराका लागि कप्तान सिता राना मगर अर्धशतकीय इनिङस खेलिन् । सिताले ५६ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६५ रनको अविजित पाली खेलिन् । यस्तै मञ्जु बोगटीले अविजित २४ रन बनाउँदा कविता कुवरले १५ जोडिन् । पोखराका अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । चितवनका कबिता गौतम २ र रेखा रावलले १ विकेट हात पारिन् । जित निकाल्दै चितवनको लक्ष्य प्लेअफमा पुग्नु रहेको छ भने पोखरा पहिलो जितको खोजीमा छ । चितवन २ खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । अंक विहिन पोखरा तालिकाको पुछारमा छ ।

Share.

Leave A Reply