play_circle_outline On Air

पपलहर

play_circle_outline On Air

पपलहर

अफगानिस्तानको मस्जिदमा शक्तिशाली बम विष्फोट, ६२ जनाको ज्यानगयो

0

कात्तिक, २ ।
अफगानिस्तानमा नमाजका क्रममा एक मस्जिदमा भएको बम विष्फोटमा ६२ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार पूर्वी नानगहर प्रान्तको एक मस्जिदमा हिजोको नमाजका क्रममा विष्फोट भएको हो । यो बम हमलामा दजर्नौँ मानिसहरु घाइते भएका छन् । विष्फोटका कारण मस्जिदको छत समेत ढलेको छ । सो इलाकामा इस्लामिक स्टेट र तालिबान दुवै सक्रिय छन् तर अहिलेसम्म बम हमलाको जिम्मेबारी कसैले लिएको छैन । यो धमाका यूएनका तर्फबाट जारी भएको त्यो बयानपछि लगत्तै भएको छ जसमा भनिएको थियो कि अफगानिस्तानमा आम मानिसको मृत्यु हुने क्रम गर्मीयाममा बढेको छ । यूएनका अनुसार जुलाई देखि सेप्टेम्बरको बीचमा कम्तिमा ११७४ नागरिक मारिएका छन् ।

Share.

Leave A Reply