play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

चितवनमा मानसिक स्वास्थ्य दिवस मनाइयो

0

चितवन,असोज,२३।

हरेक वर्ष अक्टोबर १० तारिखका दिन पर्ने विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा भरतपुरमा पनि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । मानसिक स्वास्थ्य दिवस आयोजक कमिटी चितवनको आयोजनामा आज भरतपुरमा प्रभात फेरी गरिएको हो । प्रभात फेरी चौबिस कोठीबाट सुरु भई जिल्ला प्रहरी कार्यालय, मितेरी चोक, स्याउलीबजार, हाकिम चोक हुँदै चौबिस कोठी पुगी सभामा परिणत भएको हो । प्रभात फेरीमा मनोचिकित्सक, नर्स, लगायत स्वास्थ्यकर्मी तथा सरोकारवालाहरू सहभागी भएका थिए । र्याली सभामा परिणत भएपछि सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले मानसिक रोगलाई लुकाएर राख्न नहुने बताउनुभयो । नेपाल गरिब र अल्पविकसित देश भएकाले देशको स्तर उकास्न पनि मानसिक स्वास्थ्य आवश्यक रहेको उल्लेख गर्नुभयो । मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन आफ्नो भूमिका के हुन सक्छ भन्ने विषयमा सबै जानकार हुन आवश्यक भएको उहाँले जोड दिनुभयो । कार्यक्रममा मनोचिकित्सक प्रा.डा. सीपी सेढाईं, डा. शैलेन्द्र अधिकारी डा. खगेन्द्र काफ्ले लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्य क्षेत्रका विद्यार्थीहरूले नाटक समेत मञ्चन गरेका थिए ।

Share.

Leave A Reply