play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या, नर्भिक अस्पताल भर्ना

0

असोज २३ ।
यौन दुर्व्यवहारको आरोप लागेर प्रहरीको हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि आज थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको मानगरिय प्रहरी वृत अनामनगरले बताएको छ । प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्य अवस्था बिग्रदै गएपछि प्रहरीले उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको बुझिएको छ । उच्च रक्तचाप, मधुमेह र अक्सिजन अभावजस्ता समस्याबाट ग्रसित महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएको थियो । उनको स्वास्थ्य अवस्था आज बिहानदेखि अझै बिग्रिएको हो । संसद सचिवालयमा कार्यरत एक कर्मचारीको यौन दुर्व्यवाहारको आरोप लगाएपछि महरा सोमबारदेखि प्रहरी हिरासतमा छन । गत आइतबार सभामुख निवासबाटै प्रकाउ परेका महरालाई हाल महानगरीय प्रहरी वृत्त अनामनगरमा राखिएको छ ।

Share.

Leave A Reply