play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

सी नेपाल भ्रमणका क्रममा नेपाल र चीनबिच सुपुर्दर्गी सन्धीमा हस्ताक्षर नहुने

0

असोज,२३ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी हुनुहन्छ ।

यस्तै, नेपाल र चीनबीच सुपुर्दर्गी सन्धीमा हस्ताक्षर नहुने भएको छ । आगामी शनिबारदेखि आइतबारसम्म चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालको राजकीय भ्रमणका क्रममा उक्त सन्धीमा हस्ताक्षर हुने भनिएको थियो तर तयारी पूरा नभएकाले उक्त सन्धीमा हस्ताक्षर नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र विदेश विज्ञहरूसँग बालुवाटारमा गरेको छलफलका क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सुपुर्दर्गी सन्धीमा हस्ताक्षर नहुने जानकारी दिएको बताइएको छ । मन्त्री ज्ञवालीले उक्त विषयमा दुवै देशका अधिकारीबीच छलफल जारी रहेकाले तत्काल हस्ताक्षर नहुने बताएका थिए । बैठकमा पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतले नेपालले चीनसँग सुपुर्दर्गी सन्धी गर्न नहुने सुझाव दिएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार चीनसँगको सुपुर्दर्गी सन्धी संवेदनशील भएकाले हतारमा त्यसमा हस्ताक्षर गर्न नहुने देउवा र भट्टराईले बताएका थिए ।

Share.

Leave A Reply