play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपाल र ओमान भिड्दै

0

असोज, २३ ।
पाँच देशीय टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालले आज ओमानसंग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुने खेल दिउँसो सवाँ ३ बजे सुरु हुनेछ । नेपालले सुरुवाती दुई खेलमा जित हासिल गरेपनि तेस्रो खेलमा हिजो आयरल्याण्डसंग पराजित भएको थियो । लिग चरणको सुरुवाती दुई खेलमा नेपालले हङकङ र नेदरल्याण्डलाई भने पराजित गरेको थियो । सिरिजको अन्तिम खेलमा घरेलु टोलीविरुद्व अप्रत्यासीत जित निकाल्ने दाउ नेपालको हुनेछ । यता, तालिकाको शीर्ष स्थानमा रहेको घरेलु टोली ओमान भने नेपालमाथि जित हात पार्दै सिरिज उपाधि कब्जा गर्न चाहन्छ । ओमान ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नेपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।

Share.

Leave A Reply