आज विश्व हुलाक दिवस

0

असोज,२२ ।
आज विश्व हुलाक दिवस मनाईदै छ । हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । आजभन्दा सबा दुई सयवर्ष अगाडी सन् १८७४ मा जापानको टाकियोमा अन्तराष्ट्रिय हुलाक सँघको गठन भएको संझनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो । सञ्चारको प्रारुपको शुरुवात हुलाक वाट शुरुभएको हो, मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घरकाले उनिहरुसँग कुरागर्न हुलाकको प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरुको सम्मान गाँउमा वेग्लै हुन्थ्यो । धेरैपरसम्म चिठी र खबर पूर्याउन धेरै जना हुलाकीहरुले आफ्नो जिवनकालनै विताएका छन्, आज उनिहरुको संझना गर्ने दिन पनि हो । गाँउघरमा राती वस्दा हुलाकीहरुलाई विशेष ग्राहयता दिइन्थ्यो अनि उनिहरु त्यतिवेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनिहरुनै थिए । रातबिरात पत्र पूर्याउन गाँउगाँउमा हलकारा अर्थात हुलाकीहरु पत्रको झोला सहित हिँड्ने गर्दथे, यसो गर्दा राती बास बस्न पर्दथ्यो । अहिले जस्तो सहज होटल हरु नभएके त्यतीबेलाको नेपालमा हलकारा अर्थात हुलाकीहरु लाई प्रथम ग्राहयता सहीत बसाइन्थ्यो । मान्छेहरुले साक्षरताको अधिकतम उपयोग नै पत्र पढ्दा र प्रसा हरहिसाब गर्दा गर्दथे, सुस्तरि समाजको अवयवहरु परिवर्तन त भएको हो तर संरचना बिल्कुलै उस्तै छ ।

Share.

Leave A Reply