play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

टी–ट्वान्टी क्रिकेट सिरिज श्रीलंकालाई

0

असोज,२१ ।
पाकिस्तानविरुद्वको टी–ट्वान्टी सिरिज श्रीलंकाले जितेको छ । आज भएको दोस्रो खेलमा पाकिस्तानलाई ३५ रनले हराउँदै श्रीलंकाले तीन म्याचको सिरिजमा २–० ले अग्रता लिएको छ । १ सय ८३ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ ओभरमा १ सय ४७ रनमा समेटिएको हो । पाकिस्तानका इमाद वासिमले ४७ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । आसिफ अलीले २९ र सर्फराज अहमेदले २६ रन बनाए । श्रीलंकाको नुवान प्रदीपले सार्व्धिक ४ विकेट लिए । यसअघि, सुरुवाती ब्याटिङ गरेको श्रीलंकाले ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । भानुका राजपाक्षेको ७७ रनको मदतले श्रीलंकाले सो स्कोर खडा गरेको थियो । शेहान जयसुर्याले समेत ३४ रनको योगदान दिएका थिए । कराँचीमा भएको खेलमा जित निकाल्दै श्रीलंकाले सिरिज आफ्नो पक्षमा पारेको छ । तेस्रो तथा अन्तिम खेल अब लाहोरमा हुनेछ ।

Share.

Leave A Reply