टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालको लगातार दोस्रो जित

0

असोज, २० । ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।सोमबार भएको खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । अल अम्रेट क्रिकेट मैदानमा नेदरल्याण्डले दिएको १ सय ३० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए । यस्तै बिनोद भण्डारीले २६ रन जोडे । करण केसीले ३१ रन बनाए नेदरल्याण्डका भान डेर मर्वीले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । नेदरल्याण्डका लागि म्याक्सवेल प्याट्रिक ओु डोडले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेर्मानले २९ तथा एण्टोनियस स्टलले २१ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । यस्तै करण केसीले ३ विकेट र ललित नारायण राजवंशीले १ विकेट लिए ।

Share.

Leave A Reply