टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्याण्डद्धारा नेपालसामु १३४ रनको लक्ष्य

0

असोज,२० ।
ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा अहिले नेदरल्याण्डको सामना गरिरहेको छ । अल अम्रेट क्रिकेट मैदानमा नेदरल्याण्डले नेपाललाई जितका लागि १ सय ३४ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ३३ रन बनायो । नेदरल्याण्डका लागि म्याक्सवेल प्याट्रिक ओ’ डोडले सर्वा्धिक ४३ रन बनाए । यस्तै कोलिन एकेर्मानले २९ तथा एण्टोनियस स्टलले २१ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । यस्तै करण केसीले ३ ओभर ३ बलमा १७ रन खर्चेर ४ विकेट लिए । ललित नारायण राजवंशीले १ विकेट लिए । आज नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो । यता, नेदरल्याण्ड पहिलो जितको खोजीमा रहेको छ । नेदरल्याण्ड पहिलो खेलमा आयरल्याण्डसँग पराजित भएको थियो ।

Share.

Leave A Reply