play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल र नेदरल्याण्ड भिड्दै

0

असोज, २० ।
पाँच देशीय टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज नेदरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ । सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसंग खेल्न लागेको हो । ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुने खेल बिहान सवाँ ११ बजे सुरु हुनेछ । पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपालले सोही लयलाई दोस्रो खेलमा समेत निरन्तरता दिन चाहन्छ । सिरिजमा नेपाल २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । नेदरल्याण्ड आफ्नो पहिलो खेलमा आयरल्याण्डसंग ६ विकेटले पराजित भएको थियो । यस्तै नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

Share.

Leave A Reply