play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल र हङकङ भिड्दै

0

असोज १९ ।
पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालले हङकङको सामना गर्दै सिरिजको सुरुवात गर्नेछ । खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ । हङकङविरुद्ध मैदान उत्रँदा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । जसका लागि नेपाल हङकङलाई पराजित गर्न चाहन्छ । हङकङ पनि पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित हङकङ पनि नेपाललाई हराउने योजनामा हुनेछ । तर, नेपालविरुद्धको खेलमा हङकङ केहि दबाबमा हुनेछ । हङकङपछि नेपालले नेदरल्याण्डसँग भोली खेल्नेछ । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

Share.

Leave A Reply