play_circle_outline On Air

अनुराग

play_circle_outline On Air

अनुराग

नेपाल सम्मिलित टी–ट्वान्टी सिरिज आजदेखि सुरु हुदै

0

असोज १८,नेपाल सम्मिलित पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज आज सुरु हुदैछ ।नेपालले विश्वकप छनोटको तयारीमा रहेका चार राष्ट्रसंग सिरिज खेल्न लागेको हो ।सिंगापुर त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेलेर नेपाली टिम ओमान पुगेको हो । नेपालले ओमानमा शुक्रबार सिरिजको अन्तिम तयारी स्वरूप अभ्यास गरेको छ ।ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।
युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो ।नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरिसकेको कारण नेपालले सहभागिता जनाउन लागेको हो ।सिरिजको पहिलो दिन घरेलु टोली ओमन र हङकङ तथा आयरल्याण्ड र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

Share.

Leave A Reply