play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

भरतपुर महानगरपालिकाको मतगणनाका विषयमा निर्णय आज

0

जेष्ठ १९, निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका विषयमा आज निर्णय गर्ने भएको छ । मतगणनाका क्रममा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएकोमा आज छलफल गरेर निर्णय गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभएको छ । मतपत्र च्यातिएपछि रोकिएको मतगणा फेरि सुरु गर्नु पर्ने माग गर्दै एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले फेरि मतदान गर्नुपर्ने माग गरेका छन् । पहिलो चरणको निर्वाचनअन्तर्गत मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको एक मात्र स्थानीय तह भरतपुर महानगरपालिका हो । गएको १४ गते मध्यरात मतगणनाको क्रममा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेपछि गणना कार्य स्थगित भएको थियो । नोक्सान पुगेका मतपत्रको संख्या यकिन गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि बिहीबार प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको नेतृत्वमा उम्मेदवारका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको उपस्थितिमा शिलबन्दी खोली विवरण पठाइसकेको छ ।

Share.

Leave A Reply