play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

चितवनमा भोलिदेखि नयाँ नोट साट्न पाइने

0

चितवन, असोज १३ ।
चितवनमा भोलिबाट नयाँ नोट साटिने भएको छ । गत वर्ष सरकारी बैँकहरुले मात्र बाँड्ने गरेको नयाँ नोट यसवर्ष सरकारीका साथै निजी बैँकहरुले पनि साट्ने तयारी गरेका छन् । राष्ट्रिय वाणिज्य बैँक भरतपुरले भोलि १० बजेबाट दिउँसो दुई बजेसम्म नोट बाड्ने तयारी गरेको हो । बैकका प्रबन्धक ईन्द्रविलास न्यौपानेले भोली देखि तीनदिनसम्म नयाँ नोट बाड्ने तयारी गरिएको जानकारी दिए । उनले एक जनालाई १८ हजार पाँचसय मात्र लिन पाउने गरी नोट साटिने जानकारी दिए । त्यसैगरी यस वर्ष राष्ट्र बैँकबाट चितवनका निजी बैँकहरुले पनि नयाँ नोट ल्याएका छन् । शुक्रबारदेखि काठमाडौँसहितका तोकिएका काउन्टरबाट नयाँ नोट सटही सुरु भए पनि चितवनमा भने चार दिन ढिला सुरु गर्न लागिएको हो । यसका साथै राष्ट्र बैंकले नयाँ नोटको सटहीसँगै नोटको जतनमा विशेष ख्याल गर्न पनि आग्रह गरेको छ ।

Share.

Leave A Reply