play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

सरकारले तोक्यो खसीबोका र च्याङ्ग्राको मूल्य

0

असोज १३ ।
सरकारले दशैंका लागि खपत हुने खसीबोका तथा च्याङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलाई लक्षित गरी मूल्य तोकेको कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्र गौचनले जानकारी दिए । ज्युँदो खसीबोकाको मुल्य ५ सय ५० रुपैयाँ प्रतिकेजी तोकिएको छ भने ज्युँदो च्याङ्ग्रा ७ सय ३० रुपैयाँ प्रतिकेजी तोकिएको छ । कम्पनीको कार्यालय थापाथलीमा आजैबाट खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरू भइसकेको छ । मनाङ र मुस्ताङबाट १९ सय २० च्याङ्ग्रा तथा दाङ र मकवानपुरबाट ९ सय वटा खसी बोका ल्याइसकेको प्रबन्ध निर्देशक गौचनले बताए ।

Share.

Leave A Reply