play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

भारतले प्याज निर्यात बन्द गर्यो

0

असोज १३ ।
भारतले हिजोदेखि लागू हुने गरी प्याज निर्यात रोकेको छ । भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयले यसअघिको व्यवस्थालाई संशोधन गर्दै भारतमा उत्पादन भएको प्याज भारतबाहिर नपठाउने व्यवस्था गरेको हो । भारतमा प्याजको चरम अभावलाई मध्यनजर गर्दै आपूर्ति व्यवस्था सहज बनाउन प्याज निर्यात बन्द गरिएको बताइएको छ । निर्यात बन्द गरेसँगै भारतले बजारमा प्याजको भण्डारणमा परिमाणात्मक बन्देज पनि लगाएको छ । भारतीय खुद्रा व्यापारीले अबदेखि १ सय क्विन्टल र थोक बिक्रेताले ५ सय क्विन्टलमात्र प्याज भण्डारण गर्न पाउनेछन् । भारतले देशभित्र खपत हुने अधिकांश प्याज आयात गर्दै आएको छ । बन्देज लगाउनुपूर्व भारतीय बजारमा प्याज ८० भारतीय रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको थियो । भारतले चीन, पाकिस्तान तथा खाडी मुलुकबाट प्याज आयात गर्ने गरेको छ ।

Share.

Leave A Reply