play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

शोले फिल्मका ‘कालिया’को निधन

0

असोज,१३ ।
बलिउड अभिनेता वीजू खोटेको ७७ वर्षको उमेरमा आज निधन भएको छ । उनी लामो समयदेखि बिरामी रहेका थिए । उनले मुम्बईस्थित आफ्नै निवासमा अन्तिम श्वास लिए । वीजू चलचित्र शोलेमा निभाएको ‘कालियाको भूमिकाका लागि चर्चित छन् । चलचित्रमा गब्बर सिंह ९अमजद खान० सँग उनको डायलग ‘तेरा क्या होगा कालिया’ को अहिलेसम्म पनि चर्चा हुने गर्छ । उनले आफ्नो करियरमा चाइनागेट, मेला, अन्दाज अपना अपना, गोलमाल–३ र नगीनसहित ३ सयभन्दा बढी चलचित्रमा काम गरेका छन् । वीजूको निधनपछि उनका प्रशंसकहरुले सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन् । शिवसेना नेता मनीषा कायन्देले पनि ट्वीट गर्दै उनको निधनप्रति श्रद्धाञ्जली दिएकी थिइन् । एजेन्सी

Share.

Leave A Reply