play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

भरतपुर महानगरपालिकाको मतपत्र च्यात्ने दुईजना धरौटीमा रिहा

0

जेष्ठ १८,भरतपुर महानगरपालिकाको मतगणना स्थलमा मतपत्र च्यात्ने दुईजनालाई धरौटीमा रिहा गरिएको छ। निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा २ अनुशार उनिहरुलाई धरौटीका रिहा गरिएको जिल्ला अदालत चितवनले जनाएको छ । जिल्ला अलादल चितवनका न्यायधिस बासुदेव पौडेलको एकल ईजलासले मतपत्र च्यात्ने माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीलाई एक एक लाख धरौटीमा रिहा गरेको हो । मतगणना भइरहेको अवस्थामा मतपत्र च्यात्ने र जवरजस्ती गर्नेलाई एक लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय वा दुबै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ । गएको १४ गते भरतपुरको वडा नम्बर १९ को मतगणना हुँदै गर्दा उनीहरुलाई रंगेहात पक्राउ गरिएको थियो ।

Share.

Leave A Reply