खाद्य सामाग्री विक्रिको लागि डोको नाम्लो किसान घर

0

चितवन,असोज,१२ ।
स्वदेशी र विषादि रहित खाद्य सामग्रीलाई बिक्री गर्ने उद्देश्यले चितवनमा डोको नाम्लो किसान घर संचालनमा आएको छ । पूर्व देखि पश्चिमसम्मका पोषणयुक्त प्राङ्गारिक, रैथाने र प्राकृतिक खाद्य सामागी्रलाई बिक्री गर्ने उद्धेश्यले भरतपुर महानगरपालिका वडा नम्बर १० मा किसान घर सञ्चालनमा आएको हो ।

किसान घरका सञ्चालक भरत दवाडीका अनुसार इलामको चिया, अकबरे खुर्सानी, सल्यानी अदुवा÷बेसारको धुलो, जिम्बु, दाल, च्याख्ला, पिठो लगायतका पोषणयुक्त खाद्य सामग्रीे किसान घरमा राखिएको छ बताए । घटस्थापनाका दिन भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष एवम् भरतपुर महानगरपलिका प्रवक्ता अरुण पिडित भण्डारीले उक्त डोको नाम्लो किसान घरको उद्धघाटन गरेका थिए । वातावरण विज्ञान विषयमा स्नातकउत्तर गरेका संचालक दवाडीले “स्वरोजगार युवा स्वास्थ्यकर स्वदेशी उत्पादनले बन्छ समृद्ध राष्ट्र” भन्ने सोचले नेपालमानै फरक ढंगले व्यवसाय सुरु गर्न लागेको बताएका छन् । दुई वर्षको अवधिमा नेपालका मुख्य सहरहरुमा आफुले उत्पादन गरेको र किसान बाट खरीद गरेका पोषणयुक्त प्राङ्गारिक र रैथाने खाद्य सामग्री पुराउने लक्ष्य रहेको उहाले बताएका छन् । दुई वर्षपछि नेपाली उत्पादनलाई डोकोनाम्लो किसान घर मार्फत विदेशमा समेत निर्यात गर्ने लक्ष्य रहेको बताएका छन् ।

Share.

Leave A Reply