play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

भरतपुरमा च्यातिएका र सग्ला मतपत्र छुट्याइँदै, कडा सुरक्षा

0

जेष्ठ १८,भरतपुरका प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बिहीबार च्यातिएको र सग्ला मतपत्र छुट्याउने काम मात्र हुने बताउनुभएको छ । मतगणना स्थलमा आएर प्रतिक्रिया दिँदै उहाँले आज च्यातिएको र सग्ला मतपत्र छुट्याउने काम मात्र हुने र काम सकिएपछि च्यातिएको मतपत्रको संख्या सार्वजनिक गरिने बताउनुभयो । भरतपुरमा च्यातिएको मतपत्रको अवस्था बुझ्नका लागि सबै दलका प्रतिनिधि मतगणना स्थलमा पुगेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, महानगर प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारहरु, वडा नम्बर(१९ का उम्मेदवारहरु लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि सहित ४६ जना, अहिले मतगणनास्थल भरतपुरको कभर्डहलमा पुगेका छन् । कभर्ड हल भित्र प्रवेश पाउने सबैलाई मोबाइल, क्यामेरा, कलम, डायरी लगायतका सामाग्री साथमा लैजान निषेध गरिएको छ । निर्वाचन आयोगले गएको आइतबार राति च्यातिएको मतपत्रको संख्या यकिन गरेर पठाउन भनेपछि च्यातिएका मतपत्र गन्ने तयारी भएको हो । मतपत्र च्यातिएपछि शिल गरिएको मतगणना स्थल खोलिएको छ । वडा नम्बर १९ को मत गन्ने क्रममा त्यहाँ रहेको माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरको मतगणना रोकिएको छ ।

Share.

Leave A Reply