play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

चितवन मेडिकल कलेजको आईसियु कक्षमा तोडफोड

0

जेठ १८,उपचारको क्रममा एक युवकको ज्यान गएपछि आक्रोशित युवाहरुले चितवन मेडिकल कलेजको सघन कक्ष (आईसियु कक्ष)मा सिसा तोडफोड गरेका छन् ।केही दिन अघि दुर्घटनामा परि सिकिस्त भएका राप्ती नगरपालिका–९ बस्ने वर्ष १७ का रोमन तामाङको आज विहान उपचारको क्रममा मृत्यु भएपछि केही युवाले आईसियु कक्षको सिसा फुटाएको अस्पतालले जनाएको छ । आक्रोसित युवाहरुले अस्पतालमा रहेका सुरक्षा गार्डलाई कुटेर आईसियु कक्षमा प्रवेश गरेका थिए ।आक्रोशित युवाहरुले अस्पतालका अन्य कर्मचारीहरुलाई समेत हातपात गरेको अस्पतालका अपरेशन म्यानेजर पारस अधिकारीले नारायणी अनलाईनलाई जानकारी दिए । उनले मृतक परिवारलाई घटना बारे जानकारी गराई सकेर शव उठाउने क्रममा बाहिरबाट आएका केही युवाले अन्धाधुन्ध प्रवेश गरि सिसाहरु तोडफोड गरेको जानकारी दिए ।

Share.

Leave A Reply