play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

भरतपुर महानगरः च्यातिएको मतपत्र गनेर रिपोर्ट पठाउन आयोगको निर्देशन

0

जेठ १७,
निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा च्यातिएका मतपत्रको संख्या गनेर रिपोर्ट पठाउन निर्देशन दिएको छ ।
अनुगमन टोलीले च्यातिएको मतपत्र यकिन नभएको रिपोर्ट बुझाएपछि आज बसेको निर्वाचन आयोगको बैठकले पर्याप्त सुरक्षा व्यवस्था मिलाएर शिलबन्दी खोल्ने निर्णय गरेको हो ।
शिलबन्दी सम्भव भएसम्म प्रमुख, उपप्रमुख र सम्वन्धित वडाका उम्मेदवार वा एक(एक जना प्रतिनिधिका साथै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको रोहबरमा मात्र खोल्न आयोगले भनेको छ ।
च्यातिएर नोक्सान भएका मतपत्रको संख्या यकिन गरेर प्रतिवेदन पठाउन भरतपुरका मुख्य निर्वाचन अधिकृतलाई भनिएको आयोगले जनाएको छ ।

Share.

Leave A Reply