play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

वीरगञ्ज आइपुग्यो २५ सय मेट्रिक टन युरिया मल

0

वीरगञ्ज, भदौ, ३१ ।
कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डर गरेर मगाएको सरकारी अनुदानको २५ सय मेट्रिक टन मल वीरगञ्ज आइपुगेको छ । यसअघि कम्पनीले मगाएको २५ सय मेट्रिक टन वितरण गर्ने क्रम सुरु भइसकेको छ । धानबालीका लागि मल आवश्यक भएकोले मलको माग अत्याधिक बढी देखिएको छ तर, मल नपाएर किसान हैरान छन् । त्यसैलाई मध्यनजर गरेर कृषि सामग्री कम्पनीले धमाधम मल आयत गरिरहेको छ । आज बिहान ४ बजे सिर्सिया सुख्खा बन्दरगाह आइसीडीमा आइपुगेको मल यो सिजनको दोस्रो भएको कम्पनीले जनाएको छ । आर्थिक वर्ष ०७५÷७६ मा कम्पनीले ३० हजार मेट्रिक टन मल आयात गर्न युएईस्थित मल्टी कम्बोडिटिज ट्रेडिङसँग सम्झौता गरेको थियो । उसले ओमानमा उत्पादन भएको मल कोलकत्ता बन्दरगाह हुँदै नेपाल पठाइ रहेको छ । कृषि सामग्री कम्पनी क्षेत्रिय कार्यालय वीरगञ्जका प्रमुख गोविन्द पराजुलीले २५ सय मेट्रिक टन युरिया मल वीरगञ्ज आइपुगेको जानकारी दिए ।

Share.

Leave A Reply