play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको स्थगित फाईनल खेल आज

0

भदौ ३१ ।
पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको स्थगित भएको फाईनल खेल आज हुने भएको छ । नयाँ बसपार्क्स्थित ढोरपाटन क्लबको खेल मैदानमा बर्षा बाधक बनेपछि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको सोमबारको फाईनल खेल स्थगित भएको थियो । खेल दिउँसो १ बजे सुरु हुने आयोजकले जनाएको छ । बर्षाले खेल स्थगित हुनु अघि दुवै टिमले समान १–१ सेट जितेका थिए । पहिलो सेट आर्मीले २५–२३ र दोस्रो सेट पुलिसले २५–२० ले जितेको थियो । तेस्रो सेटमा पुलिस २३–१९ ले अगाडी रहेको अवस्थामा पानीले खेल प्रभावित बन्यो । अर्को खेलमा विभागीय टिम एपीएफलाई हराउँदै गण्डकी प्रदेश तेस्रो बन्यो । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ ।

Share.

Leave A Reply