एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपाल र कुवेत भिड्दै

0

भदौ ३० ।
जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले आज बलियो टिम कुवेतसँग खेल्दैछ । पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपालले दोस्रो खेलमा कुवेतको सामना गर्न लागेको हो । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार राति सवाँ १० बजे सुरु हुनेछ । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्रा्ष्ट्रिय रंगशालामा कुवेतविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । जसका लागि नेपालजित वा कम्तिमा बराबरीको नतिजा निकाल्ने योजनामा हुनेछ । सन् २०२० मा आयोजना हुने च्याम्पियनसिप अन्तर्गत छनोटको समूह ’ए’ मा रहेको नेपाल अंकविहिन रहदै पुछारमा रहेको छ । यस समूहमा जोर्डन शीर्ष, कुवेत दोस्रो, ताजकिस्तान तेस्रो र श्रीलंका चौंथो स्थानमा रहेका छन् । नेपालले कुवेतपछि असोज ३ गते ताजकिस्तान र अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।

Share.

Leave A Reply