play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

प्रहरीलाई अभद्र ब्यवहार गरेको अभियोगमा शाहीमाथि मुद्दा चलाइने

0

भदौ,३० ।
प्रहरीलाई अभद्र ब्यवहार गरेको अभियोगमा हिजो पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्दा चलाइने भएको छ । शाहीलाई हिजो बेलुका पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ । शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको आरोपबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको ठाउँमा प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा शाहीलाई पक्राउ गरिएको हो । प्रहरीले आज जिल्ला प्रशासन कार्यालय ललिपुरमा मुद्दा दायर गर्ने महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी दुर्गा चन्दले जानकारी दिनुभयो ।

Share.

Leave A Reply