play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

जनता बैंकद्धारा मौलाकालीका मन्दिर सरसफाई

0

चितवन, भदौ, २८ ।
जनता बैंक नेपाल लिले गैडाकोटमा अवस्थित मौलाकालीका मन्दीर सरसफाई गरेको छ । आज एक कार्यक्रमका बिच जनता बैंक नेपालका चितवनमा अवस्थीत विभीन्न आठवटा शाखाका कर्मचारीहरुले सरसफाई गरेका हुन् । सरसफाई मन्दिरको प्रवेशद्धार फेदीबाट मन्दिर परिसरसम्म र मन्दिर रहेको स्थानमा समेत गरिएको थियो । सो क्रममा मन्दिरको फेदिबाट मन्दिरसम्मका सम्पुर्ण खुट्कीलाहरु कुचो लगाई सफाई गरीएको थियो भने मन्दिरको बाटो वरपररहेका विभीन्न फोहोरहरुलाई संकलन गरी एकिकृत गरीएको थियो ।

बैंकले आजै एक कार्यक्रमको आयोजना गरी मन्दिर र सो वरपरको फोहोर संकलनका लागी डस्टबीन हस्तान्तरण गरेको छ । मन्दिर परिसरमा आयोजीत कार्यक्रमका जनता बैंक नेपाल लि का नारायणगढ क्षेत्र प्रमुख सञ्जय शर्माले मन्दिर व्यवस्थापन समितका उपकोषाध्यक्ष सुवन प्रसाद ढकाललाई १२ थान डस्टबीन हस्तान्तरण गर्नुभयो । सोही क्रममा बैकका नारायणगढ क्षेत्र प्रमुख शर्माले संस्थागत सामाजीक उत्तरदायीत्व अन्र्तगत रहेर आगामी दिनमा पनि मन्दिरलाई लक्षित गरी अन्य सामाजीक कार्यहरु गरीने प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा बैंकका नारायणगढ, भरतपुर, रामपुर, भण्डारा, गितानगर, टाँडी र माडी शाखाका गरी ८० जना कर्मचारीहरुको सहभागीत रहेको थियो ।

Share.

Leave A Reply