play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

सोह्र श्राद्ध सुरु, तीर्थस्थलमा श्राद्ध गर्नेको भीड

0

भदौ, २८ ।
हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । सक्नेले यस पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ । यो समयमा श्राद्ध नगरे दोष (प्रत्यवाय) लाग्नेशास्त्रमा उल्लेख छ । आश्विन कृष्ण पक्षलाई महालय, अपर, पितृ र प्रेत पक्ष पनि भनिन्छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

Share.

Leave A Reply