play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

इन्ग्लिश प्रिमियर लिगमा आज ७ खेल

0

भदौ २८ ।
इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज विभिन्न सात खेलहरु संचालन हुँदैछ । लिगमा शनिबार शीर्ष स्थानको लिभरपुल, म्यानचेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड, चेल्सी जस्ता ठुला क्लबले प्रतिस्पर्धा गर्दैछन् । लिग लिडर लिभरपुलले साँझ न्युकासल युनाइटेडसँग घरेलु मैदानमा खेल्दैछ । नेपाली समय अनुसार बेलुका सवाँ ५ बजे सुरु हुने खेलमा लिभरपुल सहज जितको खोजीमा हुनेछ । लिभरपुलले ४ खेलबाट ४ खेलमा जित निकाल्दै १२ अंक जोडेको छ । न्युकासलले ४ खेलबाट ४ अंक जोडेको छ । यस्तै म्यानचेस्टर सिटीले राति नर्विच सिटीको सामना गर्नेछ । नर्विचको मैदानमा हुने खेल सवाँ १० बजे सुरु हुनेछ । लिभरपुलले ४ खेलबाट १० अंक जोडेको छ र लिगको दोस्रो स्थानमा छ । नर्विच ३ अंक जोडेर पुछारबाट दोस्रोमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा लेष्टरको सामना गर्नेछ । युनाइटेड र लेष्टरबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ । लेष्टर ८ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा छ । युनाइटेड ४ खेलमा ५ अंक जोडेर आठौं स्थानमा छ । लिग अन्तर्गत नै चेल्सीले वुल्भ्ससँग उसैको मैदानमा खेल्नेछ । त्यस्तै टोटेनहमले क्रिष्टल प्यालेससँग खेल्नेछ । अन्य खेलमा ब्राइटनले बर्नलीसँग र सेफिल्ड युनाइटेडले साउथह्याम्पटनसँग खेल्ने छ ।

Share.

Leave A Reply