play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

बहमासमा नयाँ समुद्री तुफानले जनजीवन प्रभावित हुने डर

0

भदौ, २८ ।
बहमासमा नयाँ समुद्री तुफानले जनजीवन प्रभावित हुने देखिएको छ । दुई हप्ताअघिको डोरियन समुद्री आँधीका कारण जनधनको क्षति भएको बहमासमा नयाँ तुफानको जोखिम बढेको हो । ट्रपिकल डिप्रेसन नाइन नाम गरेको ट्रपिकल साइक्लोन दुई दिनभित्र बहमासमा सक्रिय रुपमा पुग्ने देखिएको छ । यसका कारण हाल ठूलो पानी परेको छ भने तीव्र गतिमा हावा चलेको छ । डोरियन आँधीका कारण झण्डै १३ सयजना अझै बेपत्ता छन् । कम्तिमा १५ हजार जनालाई आश्रयका लागि अस्थायी शिविरको खाँचो छ । डोरियन आँधीका कारण प्रभावित भएकाहरुको व्यवस्थापन गर्न समस्या भइरहेका बेला अर्को तुफानले गर्दा थप समस्या भएको हो । नयाँ तुफानका कारण आउने बाढीले गर्दा उद्धार तथा राहतको काममा अवरोध पुग्न सक्ने सरकारी अधिकारीले बताएका छन् । नयाँ तुफानका कारण १० सेन्टिमिटरसम्मको वर्षा हुने र ४५ किलोमिटर प्रतिघघण्टाको गतिमा हावा चल्न सक्ने जनाइएको छ ।

Share.

Leave A Reply