play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

एमालेले भरतपुरमा मतगणना गर्न माग गर्दै भोलिदेखि संसद चल्न नदिने

0

जेठ १६ – नेकपा एमालेले भरतपुरमा तत्काल मतगणना सुरु गर्न माग गरेको छ । एमालेको संसदीय दलको बैठकले भरतपुरमा मतगणना सुरु गर्न माग गर्दै गणना सुुरु नभए सडक र सदनमा आन्दोलन गर्ने निर्णय गरेको हो । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तापक्षले शक्तिको दुरुपयोग गरेर पुनः मतदान गर्न भरतपुरमा मतपत्र च्यातेको आरोप लगाउँदै मतगणना सुरु नभएसम्म संसद र सडक दुवैमा विरोध जनाउने बताउनुभयो । एमालेले बुधबार बिहान ११ बजे बस्ने संसद बैठक समेत चल्न नदिने जनाएको छ । अर्को प्रसंगमा उहाँले सरकारले जुनसुकै बेला चुनाव गराएपनि एमाले चुनावमा सहभागी हुन तयार रहेको बताउनुभयो ।

Share.

Leave A Reply