play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

सन्नीले भनिन्, ‘‘सन्नी मेरो नाम’ गीत एकदमै मन परेको छ

0

भदौ, २७ ।
‘पासवर्ड’ चलचित्रको प्रिमियरको लागि बलिउड स्टार सन्नी लियोनी नेपाल आएकी छन् । हिजो साँझ कुमारी हलमा भएको प्रिमियरमा आएकी सन्नीले नेपाली चलचित्रको गीतमा नाँच्दाको अनुभव सुनाइन् ।

‘मलाई गीत एकदमै मन परेको छ, भाषा त म बुझ्दिन तर मैले यो गीत लाखौँपल्ट सुनेर स्मरण गरेँ।’ चलचित्र पासवर्डको आइटम गीत ‘सन्नी मेरो नाम’ मा उनी नाँचेकी छन् । यो चलचित्र आज देखि देशभर प्रर्दशन भएको छ। सन्नीले यो चलचित्र १५ मिनेट हलमा बसेर हेरिन् र निश्किइन् ।

.
प्रिमियरमा सबैलाई सम्बोधन गर्दै सन्नीले भनिन्, ‘नेपाल मलाई विश्वमै असाध्यै मन पर्ने देश हो, यहाँ म आउन पाउँदा खुशी छु। यो सुन्दर समय यहाँ बिताउन पाउँदा एकदमै उत्साहित छु।’ उनले चलचित्रका निर्देशकलाई धन्यवाद दिइन् र चलचित्र सफलताको शुभकामना दिइन् । चलचित्रको प्रिमियरको लागि नेपाल आएकी सन्नी भोली भारत फर्कने कार्यक्रम रहेको छ ।

Share.

Leave A Reply