play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

नागरिकको मतको सम्मान हुनुपर्छ, तत्काल मतगणना गरौँ : ईश्वर पोखरेल

0

जेठ १६ – चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा भएको घटनाले नागरिकको मतको सम्मान नभएको भन्दै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले तत्काल मतगणना हुनुपर्ने बताउनुभएको छ । मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उहाँले नागरिकको मतको सम्मान हुनुपर्ने बताउनुभयो ।घटनाको छानविन गर्न बनेको समितिले स्थानीय राजनीतिक दलसँग छलफल गरेको छ । आइतबार राति भरतपुर वडा नम्बर १९ को मतगणनाको क्रममा माओवादी केन्द्रका मतगणना प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको हो ।
आयोगले घटनाको छानबिन गर्न आयोगका सहन्यायाधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा छानबिन समिति बनाएको छ । यता एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको शीर्ष नेताको टोलीले मंगलबार निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर प्रमुख आयुक्त वा आयुक्तकै नेतृत्वमा अनुगमन तथा छानबिन हुनुपर्ने खालको घटनामा पनि आयोग गम्भीर नभएको भन्दै असन्तुष्टी जनाएको थियो । पुनः मतदान गराउँदा चुनाव हार्ने संकेत आउँदा जो कोहीले पनि मतपत्र च्यात्ने र पुनः मतादानको माग गर्ने परिपाटी नै बस्ने अवस्था आउने भएकाले गम्भीर हुन आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

Share.

Leave A Reply