play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

नगरको प्रोफाइल तयार गर्दै माडी नगरपालिका

0

माडी, भदौ २६ । माडी नगरपालिकाले नगरभरी घरधुरी तथा संस्थागत सर्भेक्षण गरी नगरको प्रोफाइल बनाउने भएको छ । करीब ३० जना गणकहरु परिचालन गरी जि.पी.एस. जडित स्मार्टफोनबाट कोबो टुलबक्स नामक एण्ड्रोइड एप्सको प्रयोग गरी नगरपालिकाको प्रोफाइल तयार गरिन लागिएको नगरपालिकाका सुचना अधिकारी प्रविण भण्डारीले जनाउनुभयो । यसका लागि गणकहरु करीब ४५ दिनसम्म माडीका अन्दाजी १० हजारवटै घरधुरीमा पुगी तथ्यांक संकलन गर्ने जनाइएको छ । प्रोफाइल तयार गर्न कार्यपालिका बैठकले १६ लाख रुपैंया बजेट स्वीकृत गरिसकेको छ ।
नगर प्रोफाइलमा नगरवासीको परिवारिक विवरण, शैक्षिकस्तर, बसोबास र पेशागत अवस्था, बैवाहिक स्थिति, अपांगता र स्वास्थ्य स्थिति लगायतका जानकारीहरु रहनेछन् । त्यसैगरी परिवारको बार्षिक आय, कृषि तथा पशुपालनको अवस्था, वैदेशिक रोजगारी, बसाइसराइ र घरको स्थिति आदि जस्ता सुचनाहरु समेत संकलित हुनेछन् । यसबाहेका नगरको कृषि, पर्यटन, शिक्षा, सुचना तथा सञ्चार, सडक सञ्जाल, समस्या र सम्भावनाका अधिकांश विवरणहरु प्रकाशित रहने जनाइएको छ । प्रोफाइल तयारीका लागि प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको संयोजकत्वमा नगर कार्यपालिकाका प्रवक्ता शिवहरि सुवेदी, सामाजिक विकास संयोजक कृष्णराज अधिकारी, सुचना अधिकारी प्रविण भण्डारी, जनस्वास्थ्य संयोजक शिव सुवेदी, नगरपालिकाका कर्मचारीद्वय सन्तोष सुवेदी र सरिता तिमिल्सिना तथा स्थानीय बिज्ञद्वय युवराज लामिछाने र जीतबहादुर शाही सम्मिलित कार्यदल गठन गरिएको छ ।

Share.

Leave A Reply