play_circle_outline On Air

हेल्लो सिनर्जी

play_circle_outline On Air

हेल्लो सिनर्जी

भरतपुरको मतपत्र च्यातिएको घटनालाई गम्भीर रुपमा लिएर उच्चस्तरबाटै छानविन गर्न एमालेको माग

0

जेठ १६ – नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनालाई गम्भीर रुपमा लिएर उच्चस्तरबाटै छानविन गर्न माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको शीर्ष नेताको टोलीले मंगलबार निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर प्रमुख आयुक्त वा आयुक्तकै नेतृत्वमा अनुगमन तथा छानबिन हुनुपर्ने खालको घटनामा पनि आयोग गम्भीर नभएको भन्दै असन्तुष्टी जनाएका हुन् । पुनः मतदान गराउँदा चुनाव हार्ने संकेत आउँदा जो कोहीले पनि मतपत्र च्यात्ने र पुनः मतादानको माग गर्ने परिपाटी नै बस्ने अवस्था आउने भएकाले गम्भीर हुन आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
उहाँले केही सञ्चारमाध्यममा आएजस्तो कर्मचारीको रिपोर्टलाई नमान्ने एमालेको माग नहरेको पनि प्रष्ट पार्नुभयो ।एमालेले भारतपुरमा पुनः मतदान मान्य नहुने समेत जनाएको छ । जवाफमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भरतपुर घटनाले आयोगलाई चिन्तित बनाएको भन्दै अनुसन्धानमा कुनै कमजोरी नहुनेमा ढुक्क हुन आग्रह गरेको नेम्वाङले जानकारी दिनुभयो । घटनाबारे छानबिन गर्न आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको अध्यक्षतामा ३ सदस्यीय छानबिन टोली गठन गरेको छ ।

Share.

Leave A Reply