play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

निर्माण व्यवसायी संघ चितवनद्धारा रंगशालालाई १० लाख सहयोग

0

चितवन, भदौ २६ गते ।
चितवनमा निर्माणाधिन अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि निर्माण व्यवसायी संघ चितवनले १० लाख १ हजार १ सय ११ रुपैंया सहयोग गरेको छ । संघको २६ औं साधारणसभा तथा अधिवेशनको अवसर पारेर सो रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष हरिप्रसाद घिमिरेले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र वडाध्यक्ष राजेन्द्रमणि काफ्लेलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको छ । रंगशाला निर्माणका लागि पछिल्लो समय चितवनमा रकम संंकलनको काम तीब्र रुपमा भइरहको छ । यस्तै संघले १ लाख रुपैंया कालिका नगरपालिका १० को राष्ट्रिय माविलाई सहयोग गरेको छ ।

Share.

Leave A Reply