play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

प्रदेश नं २ मा ७३ सङ्क्रमित

0

सप्तरी, भदौ २६ । प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो । प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा बिहीबार बिहानसम्म ७३ जनामा डेङ्गु सङ्क्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । प्रदेशमा सबैभन्दा बढी बारा र पर्सामा गरी ३९ मा डेङ्गु सङ्क्रण भेटिएको निर्देशनालयले जनाएको छ । त्यसैगरी सिरहामा १५, रौतहट र सप्तरीमा सातरसात, महोत्तरीमा तीन र धनुषामा एक जनामा डेङ्गु सङ्क्रमण फेला परेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए । हिजो बुधबार बिहानसम्म १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो भने दिउँसो सो सङ्ख्या २५ र अबेर रातिसम्म ७३ पुगेको हो । प्रदेशका सबै जिल्लामा डेङ्गुविरुद्ध सचेतना र विशेष सरसफाइ कार्यक्रम चलाइएका छन् । सङ्क्रमित सबैको पायक पर्ने अस्पतालमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

Share.

Leave A Reply