play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

वाइसिएल र यूवा संघ बीचको एकतो टुंगियो

0

काठमाण्डौं, भदौ २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले एकता प्रकृया टुंग्याएको छ । तत्कालिन वाईसीएल नेपाल र युवा संघ नेपालबीच एकता भएर बनेको राष्ट्रिय युवा संघ नेपालको विशेष बैठकले एकता प्रकृयालाई टुंग्याएको हो ।
संगठनका इन्चार्ज महेश वस्नेत, सहइन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा र सहसंयोजनक रमेश पौडेल उपस्थित विशेष बैठकले एकता प्रकृयालाई टुंग्याएको हो । बैठकले युवा संघको केन्द्रीय समिति ३३५ सदस्यीय बनाउनका लागि पार्टीसँग अनुमति माग्ने निर्णय गरेको छ । जसमा साविक युवा संघ नेपालबाट १७६ र साविक वाईसीएल नपालबाट १५५ सदस्य चयन गर्ने र ४ जना पछि मनोनित गर्ने निर्णय भएको छ । त्यस्तै १११ सदस्यीय सचिवालयमा साविक वाईसीएलबाट ५२ र युवासंघबाट ५७ जना राख्ने सहमति भएको छ । बैठकले संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा राख्ने निर्णय गरेको छ । ७ प्रदेशमध्ये ३ मा साविक वाईसीएल र ४ मा साविकको युवासंघ नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने सहमति भएको छ । त्यस्तै ७७ जिल्लामध्ये ४२ जिल्लामा साविक युवा संघ र ३५ जिल्लामा साविक वाईसीएललेसंगठनात्मक नेतृत्वको जिम्मेवारी लिने निर्णय भएको छ । एकता प्रकृया टुंगोमा पुगेसँगै भदौ २७ गते साविक संगठनका पदाधिकारीको संयुक्त बैठक, कार्यालय उद्घाटन तथा पदभार ग्रहरणको कार्याक्रम राखिएको संयोजक रामप्रसाद सापकोटा‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ ।

Share.

Leave A Reply