play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

राहदानी विधेयक आज प्रतिनिधिसभामा पेश गरिँदै

0

काठमाडौं, भदौ २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभमा फिर्ता पठाएको विधेयक पुनः संघीय संसदको प्रतिनिधिसभामा पेश हुने भएको छ । प्रमाणिकरणका लागि आफूकहाँ पुगेको ‘राहदानी विधेयक, २०७५’ लाई राष्ट्रपति भण्डारीले सन्देशसहित गत जेठ २६ गते फिर्ता पठाएकी थिइन्। राहदानी विधेयकलाई प्रतिनिधिसभाको बिहीबारको बैठकमा पेश गरिने भएको छ। आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त विधेयक पेश गर्ने र त्यसलगत्तै पारित गरियोस् भनेर प्रस्ताव गर्ने संसद सचिवालयले जानकारी दिएको छ। राहदानी विधेयकका विवाद समाधान नभइकनै र राष्ट्रियसभाले संशोधन गरेका विषय समावेश नगरी उक्त विधेयकलाई प्रमाणिकरका लागि सभामुख कृष्णबहादुर महराले गत वैशाख २५ गते राष्ट्रपतिकहाँ पठाएका थिए। उक्त विधेयकमा केही विषय विवादित रहेका र राष्ट्रियसभाले गरेका काम संलग्न नगरिएको भन्दै सार्वजनिक रूपमा र संसदमा बहस भएको थियो। त्यसपछि राष्ट्रिपतिले विधेयकलाई लिएर विभिन्न व्यक्तिसँग परामर्श गरेकी थिइन्। राष्ट्रपतिले राष्ट्रियसभा सदस्यद्वय रामनारायण बिडारी र राधेश्याम अधिकारीसँग परामर्श गरेपछि विधेयक फिर्ता गरिदिएकी थिइन्। यसरी फिर्ता भएको विधेयक पुनः प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिकहाँ जाने व्यवस्था छ।

Share.

Leave A Reply