play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

विप्लवका छोरा प्रकाशसहित पक्राउ परेका १७ जना रिहा

0

चितवन, भदौ २६ । सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दसहित पक्राउ परेका १७ जनालाई प्रहरीले रिहा गरेको छ । चितवन मेडिकल कलेजमा नाराबाजी गर्ने क्रममा बुधबार पक्राउ परेका उनीहरुलाई बिहीबार बिहान रिहा गरिएको चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए । उनीहरु सबैलाई कलेजका सञ्चालक र आफन्तको रोहोबरमा हिरासतमुक्त गरिएको एसपी मल्लले बताए । अस्पतालको सेवा प्रवाहमा अवरोध खडा गर्न खोजेपछि उनीहरु पक्राउ परेका थिए ।

Share.

Leave A Reply