play_circle_outline On Air

र्यापिड फाएर

play_circle_outline On Air

र्यापिड फाएर

रत्ननगर १२ मा डेङ्गु नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम

0

रत्ननगर, भदौ, २५ ।
रत्ननगर नगरपालिका वडा न १२ घेघौलीमा डेङ्गु नियन्त्रण सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । घेघौली टोल विकाश संस्थाले टोलका बासिहरुलाई डेङ्गु नियन्त्रण सचेतना तालिम दिएको हो । कार्यक्रममा रत्नगगर नगरपालिका १२ का वडा अध्यक्ष वीर बहादुर पाख्रीनले डेङ्गुका लक्षण र बच्ने उपायबारे व्यापक जनचेतना जगाउनुपर्ने बताउनुभयो । विशेष गरी थोत्रो टायर, फूलदानी, डब्बा, बोतल र भाडाकुडा लगायतका जमेको पानीको चेकजाच गर्दा त्यसमा डेङ्गु रोग फैलाउने लामखुट्टेको लार्भा भेटिएको हुनाले सकेसम्म यस्ता बस्तु घरमा नराख्न आग्रह गर्नुभयो ।

रत्ननगर नगरपालिकाका जनस्वास्थ्य प्रमुख ईन्द्रलाल न्यौपानेले डेङ्गु रोगका बारेमा सहजीकरण गर्नुभएको थियो । नगरपालिकाले नगरका १६ वटै वडामा सर्च एण्ड डिष्ट्रोयको कार्य गरिरहेको जनस्वास्थ्य प्रमुख न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा वडा न १० उन्नती टोल विकाश संस्थाका अध्यक्ष सुर्यकान्त मिश्र, सरसफाई अभियन्ता ज्ञानेन्द्रराज पाण्डे लगाएतले बोलेका थिए । संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले डेङ्गु रोग नियन्त्रणका लागि सामूहिक प्रयास र उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिनुभयो । घेघौली टोल विकाश संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सोही संस्थाका सचिव मेघनाथ सुवेदीले गर्नुभएको थियो ।

Share.

Leave A Reply