play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

एसियन च्याम्पियनमा कतारसंग भारतको बराबरी

0

भदौ,२५ ।
एसियन च्याम्पियनमा कतारसंग भारतले बराबरी खेलेको छ । विश्वकप छनोट अन्तर्गत गए राति भएको खेलमा भारतले एसियन च्याम्पियन कतारसंग गोल रहित बराबरी खेलेको हो । भारत यस बर्ष एसियन च्याम्पियन टोलीसंग पराजित नहुने एसियाको पहिलो टिम बनेको छ । भारतीय गोलकिपर गुरुप्रित सिंह सन्धुको उच्च प्रर्दशनसंगै दोहामा भएको विश्वकप छनोटमा भारतले अंक खोस्न सफल भएको छ । कतारले यस बर्ष जापान, साउदी अरब र साउथ कोरिया लगायतका देशलाई स्तब्ध बनाएको थियो । उसले यसै बर्षमात्र एसियाली देशबाट कोपा अमेरिकामा प्रतिनिधित्व गरेको थियो । फिफा विश्वकपको आयोजना गर्न गईरहेको एसियाली फुटबलको नयाँ पावरहाउस कतारलाई भारतीय टिमले बराबरीमा रोक्दै ऐतिहासिक सफलता हासिल गरेको हो । फिफा वरियतामा भारत १ सय ३ औ स्थानमा छ । कतार ६३ औ स्थानमा रहेको छ ।

Share.

Leave A Reply