play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा थप नयाँ विवरण प्रकाशित

0

भदौ, २५ ।
टर्कीको एक पत्रिकाले हत्या भएका साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा थप नयाँ विवरण प्रकाशित गरेको छ । अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गीको सन् २०१८ को अक्टोबर २ मा हत्या भएको थियो । उनी साउदी सरकारका गम्भीर आलोचक थिए र उनको हत्या टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा भएको हो । टर्कीको पत्रिकाले खाशोग्गीको हत्याका बेला रेकर्ड भएको दाबी गरिएको अडियोको विस्तृत विवरण प्रकाशित गरेको हो । टर्कीको सरकारको पक्षमा रहँदै आएको सबाह पत्रिकाले अडियोको ‘ट्रान्स्क्रिप्ट’ प्रकाशित गरेको हो । सो अडियो हत्याका बेलाको रहेको दाबी गरिएको छ र हत्याको केही समयपछि टर्कीको गुप्तचर निकायका अधिकारीले प्राप्त गरेको बताइएको छ । प्रकाशित गरिएको ट्रान्स्क्रिप्टमा खाशोग्गीको अन्तिम वाक्य दाबी गरिएको कुरा पनि प्रकाशित छ ।

Share.

Leave A Reply