play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि शिक्षण अस्पतालमा

0

भदौ,२५ ।
सिंगापुरबाट लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि आज बिहान त्रिवि शिक्षण अस्पताल पुगेका छन । प्रधानमन्त्री ओली आज बिहान पौन नौ बजेको समयमा महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर स्रोतका अनुसार फलोअपका लागि पुगेका प्रमको स्वास्थ्य जाँच सुरू गरिएको छ । तर प्रधानमन्त्रीको सचिवालयका कुनै पनि अधिकारीले यसबारे बोल्न इन्कार गरेका छन् । प्रमको उपचारमा संलग्न चिकित्सकहरूले पनि प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । यसअघि प्रमको सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार गरिएको थियो । उनी यही २० गते स्वदेश फर्किएका थिए । उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। प्रधानमन्त्री मिर्गौला रोगबाट पीडित छन । उनको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो ।

Share.

Leave A Reply