play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

नेकपाको सचिवालय बैठक आज बस्दै

0

भदौ, २५ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय आज बुधबार बस्दैछ । पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने नेकपाले जनाएको छ । यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर उपचारका क्रममा रहेका बेला बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा भदौ ९ गते बैठक बसेको थियो । नेकपाको एकताको काम अधिकांश टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै छन् । दाहालको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री ओलीसहितको बैठकले गरेका जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर गरेको थियो । यसैगरी सोही बैठकले पार्टी्भित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टी्भित्र नराखी सार्वजनिक रूपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णयसमेत गरेको थियो । प्रधानमन्त्री उपचार गरेर फर्केपछि पहिलोपटक आज सचिवालयको बैठक बस्न लागेको हो ।

Share.

Leave A Reply