play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

लायन्स क्लवको दन्त स्वास्थ्य शिविर सम्पन्न

0

सिनर्जी एफ.एम न्युज डेक्स । भदौ २४

लायन्स क्लव अफ भरतपुर फ्रेन्डस् र ग्रीन ल्याण्ड पब्लिक स्कुलको संयूक्त आयोजनामा विद्यार्थीहरुको निशुल्क दन्त परिक्षण गरिएको छ । कार्यक्रममा भरतपुर १२ मा रहेको ग्रीन ल्याण्ड पब्लिक स्कुलमा कक्षा ५ देखि ९ कक्षा सम्म अध्ययनरत ३ सय बढि विद्यार्थीहरुको दन्त परिक्षण गराएको लायन्स क्लव अफ भरतपुर फ्रेन्डस्का सचिव बालचन्द्र पोख्रेलले जानकारी दिनुभयो । सम्पन्न एक दिने निःशुल्क दन्त परिक्षण कार्यक्रममा क्लवको बार्षिक कार्ययोजना अन्तरर्गत  गरीएको पोख्रेलले बताउनु भयो ।  सम्पन्न  दन्त परिक्षण कार्यक्रममा चितवन मेडिकल कलेजको सामुदायिक दन्त विभिगाले प्राविधिक संयोजन गरेको थियो । परिक्षणमा दाँत किराले खाएको , दाँत हलिएको र दाँत झिक्नुपर्ने लगाएतको समस्या विद्यार्थीमा देखिएको दन्त प्राबिधिक डा. सरु श्रेष्ठले बताउनु भयो । ग्रीन ल्याण्ड पब्लिक स्कुलले विभिन्न समयमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल राख्दै स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्दै आएको भए पनि स्थनीय संस्थाको सहकार्यमा संयुक्त यस पटक दन्त परिक्षण कार्यक्रम गर्न पाउदा खुशी लागेको स्कुलकी प्रिन्सिपल इन्द्रिरा कार्किले बताउनु भयो ।

                                                                                                                                                                                                   लायन्स क्लवका एम्वेष्टर अफ गभरर्नर भक्ति प्रसाद चालिसे प्रमुख अतिथि रहनुभएको कार्यक्रम लायन्स क्लव अफ भरतपुर फ्रेन्डस् का अध्यक्ष अर्जुन रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । २०७४ सालमा स्थापना भएको यस क्लव लायन्स क्लव अफ भरतपुर फ्रेन्डसले  विभिन्न सामाजिक गतिविधिमा सक्रिय भुमिका निभाउदै आएको छ ।

Share.

Leave A Reply